मेयर बालेन साहले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने

जेठ १८:  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ का लागि अहिले आफूसँग भएकै सवारी साधनलाई उपयोग गर्न दिने भएका छन् ।

बालेन मेयरमा निर्वाचीत भएपछि पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्नका लागि बालेनले त्यस्तो निर्णय गरेका हुन ।

महानगरको मातहतमा दुई वटा सवारी साधन उपलब्ध गराउन आवश्यक पक्रिया अगाडि बढाइएको छ । प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु राखिनेछ । साथै मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राख्ने तयारी भइरहेको छ ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउन लागेको हो ।