संसदीय चुनाव आगामी मंसिरभित्रै सम्पन्न गर्न सत्तारुढ गठबन्धन तयार

जेठ १८ : सत्तारुढ पाँचदलीय गठबन्धनले संसदीय निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साताभित्र गर्ने विषयमा छलफल शुरु गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनका विषयमा छलफल शुरु भएको हो । बैठकमा संसदीय निर्वाचनका लागि आगामी कात्तिक २७ वा मंसिर ४ को मितिबारे पनि छलफल गरिएको जनाइएको छ ।

यसअघि २०७४ मंसिरमा संसदीय निर्वाचन सम्पन्न भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो। प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो ।