आईओसीले पठायो नयाँ मूल्य सुची, फेरि ८ रुपैयाँ २१ पैसाले बढ्यो पेट्रोल

जेठ १८ : भारतीय आयल कर्पोरेसन (आईओसीले) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।

डिजेलमा भने मूल्यघटेर आएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।  खाना पकाउने एलपी ग्याँसको १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/press-release-2079.02.18-1.pdf” title=”press release 2079.02.18 (1)”]