दलित समुदायका विद्यार्थीहरुलाई कानुन पढ्न पूर्ण छात्रवृत्ति

जेठ १९ : दलित समुदायका विद्यार्थीहरुले कानुन विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने भएका छन् । डिग्नीटी इनीसीयटिभ र नेपाल युथ फाउण्डेशनले दलित समुदायका विद्यार्थीहरुका लागि पाँच वर्षे बीएएलएलबी अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने भएको हो ।

दलित समुदायका बाह्र पास गरेका विद्यार्थीहरुले सो अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छन् । इच्छुक विद्यार्थीहरुले यहि जेठ मसान्तभित्र आवेदन दिनुपर्ने छ ।

कानुन विषय पढ्न चाहने विद्यार्थीहरुले किन कानुन विषय पढ्ने भन्ने बारे एउटा निबन्ध वा छोटो भिडियो, शैक्षिक प्रमाणपत्र, स्थानीय गाउँपालिका वा नगरपालिकाको सिफारिस र फोटो सहितको आवेदन भर्नु पर्ने छ ।

सो बारे थप जानकारीका लागि www.dignityinitiatives.org मा जान सकिन्छ । यस्तै ०१-५७०५०९९ मा फोन गरेर समेत विद्यार्थीहरुले थप जानकारी लिन सक्नेछन् । छात्रवृत्तिले दलित समुदायका विद्यार्थीहरु लाभान्वित हुने बताइएको छ ।