जेष्ठ १८ः तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।
दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
शव बुझ्दै गर्दा मृतकका आफन्तको रुवाबासिले त्रिवि शिक्षण अस्पताल आसपासको दृश्य निकै दर्दनाक भएको थियो , अल्पायु उमेरमै ज्यान गुमाउनु परेको त्यो मृत लास माथी आफन्तको अकंमाल र चिच्चाहतले अस्पताल आसपासमा रहेका सबै बिरामी र बिरामीका कुरुवाहरुको समेत आखाँ रसाएको थियो।










