१८० रुपैया पुगेको पेट्रोलको मूल्य फेरि बढाउने निगमको तयारी

जेष्ठ १९ः  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। घाटा चुलिएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको हो ।

इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमले जनाएको छ ।

आइओसीको बक्यौता तिर्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको २ महिना भएपनि नपाएको उपाध्यायले बताए। आइओसीले हिजो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ।

खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ।

पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। निगमका अनुसार १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब नोक्सानी भइसकेको निगमको दाबी छ।