नेपालमा मे महिनामा ५३ हजार ६ सय जना विदेशी पर्यटक भित्रीए

जेठ १९: नेपालमा मे महिनामा ५३ हजार ६ सय आठ जना विदेशी पर्यटक नेपाल भित्रीएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल भित्रीएका हुन् ।

मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् । समग्रमा दक्षिण एसियाबाट ३० हजार पाँच सय ६६ जना पर्यटक आएका छन् ।

यस्तै एसियाली देशबाट दुई हजार दुई सय २३ र युरोपबाट ६ हजार आठ सय ९५ जना, अमेरिकी देशबाट आठ हजार ३३ जना, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट एक हजार ६ सय ९४ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएका थिए ।