युक्रेनका विभिन्न क्षेत्रमा धमाधम कब्जा जमाउँदै रुसी सेना

जेठ २०: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताएका छन् । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको बताएका हुन ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । त्यसमा सन् २०१४ मै रुसको बलमा लडेका फौजहरूले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भागको समेत गणना गरिएको छ।

पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट आक्रमण गरिरहेको छ। यतिखेर सेभेरोडोनेट्स्क शहरमा लडाई तीव्र भएको छ। जसको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा पुगेको छ।

जेलेन्स्कीले ३० हजार भन्दा धेरै रुसी सैनिकहरूले युद्धमा ज्यान गुमाएको दावी गरेका छन् । रुसले भने अहिलेसम्म युक्रेनमा १ हजार ३ सय भन्दा धेरैको ज्यान गएको बताएको छ ।