नेपाल सरकारको सचिवबाट निबृत्त डा.मान वहादुर वि.के. नेपाली साहित्यको एक दरिलो हस्ति हुन ‘सेवक’ले लामो समय देखि साहित्य सृजनामा कलम चलाउदै आएको छन गत वर्ष मात्रै उनको ‘मान्छे र माटो’ कवितासंग्रह प्रकाशन भएको थियो। उनै सर्जक मान बहादुर वि.के.को छुवाछुत मुक्त घोषणा दिवसको संघारमा प्रस्तुत छ कथा ”मुक्ति दिवस”। यो कथा उनले २०६० सालतिर लेखेको बताएका हुन ।
बीके ‘सेवक’
भदौ एक गते कामको मारामार। एकाविहानै हतारिदै साहिली दमिनी आँखा मिच्दै गुन्युको फेरो मिलाउदै दौडिन्छे। यो उनको दैनिकी हो। समयमा धन्दा गर्न नपुगे माझरे (माझघरे) मुखिया बाजे नराम्रो गरी रिसाउछन र जथाभावी फलाक्छन। बाहुनी बजैको मुख त अझ छुरा जस्तो, चले पछि बन्द नै नहुने। बाजे रिसाए भने त गाँउघरमा मेलापात पनि पाइदैन। उनैको राज चल्छ यो गाँउमा। मेलापात गरी दुइटा नानीहरुको मुखमा खोले हुल्न सकेकिछ साहिलीले। उनैको कृपाले त जंगलको छेवैमा भए पनि टाउको ओत्ने कटेरो पाएकि छ। यो बर्खामा त पानीकागज ९वर्षामा टाउको ओत्ने प्लाष्टिकलाई पानीकागज भनिन्थ्यो त्यति बेलाले टालटुल पारी चलाई साहिलीले तर अर्को बर्खा काट्न गाह्रो छ। मुखिया बाजेसंग दुई चार भारी खर नमागी भाको छैन। उनी रिसाए भने त अर्को साल टाउको ओत्ने ठाउँ पनि हुदैन। मुखिया बाजे बजैलाई रिझाउनु र दुई छाक खोले खान पाउनु साहिलीको जीवनको सफलता बनेको छ।
लोग्ने हुदा उसलाई अलि सुविस्था थियो। पुर्खाले लिएको ऋण बापत उ मुखियाको हली थियो। उसका पुर्खाले कति ऋण लिएका थिए न उसलाई थाहा छ न कुनै कागज नै छ। उसंग हली भएको कति पुस्ता भयो यो पनि उसलाई थाहा छैन। तर उ जन्मिदा उसको बाजे मुखियाकोमा जोत्दै थिए रे । उसलाई थाहा छ मुखियाकै खेतवारीमा बाउले जोत्दा अनौमा झुन्डिएर बाल्यकाल बिताएको। बाउ मरे पछि माझरे मुखियाको खेतवारी जोत्ने जिम्मा उसैको काधमा आईलाग्यो चौध वर्षको उमेर देखि। मुखियाको खेतवारी जोतवार गरेर समयमै खेती लाउनु उसको पुस्तौनी जिम्मेवारी थियो।
एक दिन जोतेर फर्किदै गर्दा तीनचार जना हतियारधारीहरुले जंगलतिर लगेका थिए। पन्ध्र दिनपछि साहिलो दमाईको लास घर छेवैको पहिरोमा भेटिएको थियो। पछि थाहा लाग्यो सुराकीको आरोपमा माओवादीबाट सफाय भएको रहेछ। त्यस पछि सबै जिम्मेवारी साहिली दमिनी कै थाप्लोमा थुपारिएको छ। यस्तो सकसबाट कहिले मुक्ति पाउने थाहा छैन। मनमा विभिन्न कुरा गुन्दै हिड्दाहिड्दै पर घरको पिडीमा हुक्काको गुडगुडहाटसंगै एउटा आवाज साहिलीको कानमा ठोक्कियो “हैन यो डाग्री अहिलेसम्म आइछैनेरु” यस्ता शव्द धेरै पटक सुनेकि हुदा यस पटक पनि स्वभाविकै लाग्यो यसलाई। प्रतिवाद गर्ने उपाय पनि त छैननि उ संग ।
राते कामी त्यो गाउँमा भाडा कमाउनमा नामी कहलिन्छन। आठ दशक उनले आरनको धुवाँ र धुलोमै विताए। भाले नहुनेहरुलाई पनि एकाविहानै उनको आरनको टाईटाईले बिउझाउछ। आरनमा खलाती फुक्दाफुक्दा उनको जीवननै खलाती जस्तो भैसकेको छ। घन, घोत्रा, सनासो, लियो र आरनको टुडो उनको जीवनका साथी भएका छन। यो उमेरमा पनि उनले फलाम पिट्न छाडेका छैनन्। छोडुन पनि कसरी बिडो थाम्ने कोही छैन। फलाम नपिटे बाली आउदैन अनि कसरी लगाउने मुखमा माडरु भदौमा अझ लहबरी हुन्छ राते कामीलाई । मकै काट्ने र धान रोप्ने एकैचोटी पर्ने हुँदा गाँउभरीका हसिया कुटोकोदालो अर्जाप्नु उनको पुर्खौली जिम्मेवारी नै हो ।
आज उनी टुहुरो नाति लिएर बाली उठाउन डुलिरहेका छन। एक्लो छोरोलाई सुरक्षा फौजले आरनबाट लगेपछि बुडाको बोल्ने साहारा त्यही नाति बनेको छ। छोरोको मर्दो जिउदो केही थाहा छैन अहिलेसम्म। धेरै पटक पुलिस चौकीमा लास भए पनि पाउ हजुर भन्दै बिन्ती पनि बिसाएकै हुन। कलात्मक खुकुरी बनाउन नामी उनको छोरोलाई हतियार बनाई माओबादीलार्इ पुर्याएको आरोपमा लगिएको थियो। आफ्नै अगाडी जीवनको एक मात्र साहारा छोरोलाई घिसार्दै लगेपछि विक्षिप्त बुडासंग आफै आरनको फोस्रोमा धसारिनु बाहेक अरु बिकल्प नै रहेन।
आज उनी आफ्नो मेहनतको कमाई उठाउदै हिडेका थिए बराजुहरुले आँगनमा राखिदिएको अन्नपात र पातमा राखेको भुटन(एक लिप्सो घ्यु। यही क्रममा बाजेनाती मुखिया बाजेको घरमा आईपुग्छन। यो गाउँ उनकै ईशारामा चल्छ। मुखिया बाजेले फाल्दिएको रङ्सिएको बोरामा राते कामीले अन्नपात हाल्दै थिए। नाति दलानमा राखेको रेडियोको समाचार सुनेर दौडिदै बाजेको हात समाउन पुग्छ र प्रश्न गर्छ बाजे रेडियोले भनेको आज मुक्ति दिवस रे छुवाछुत हटेको चालिस वर्ष पुगेछ। तै पनि हाम्लाई आगनमै बस्नु पर्ने किनरु उसको जवाफ राते कामीसंग कहाँ हुनु र ?
दैलेखबाट काठ्माण्डौ पढ्न आएको राम बहादुर आफ्नो सक्कली थरबाट कोठा खोज्दा खोज्दा नपाएर हैरान भए पछि सिनियर दलित साथीको सल्लाह अनुसार थर परिवर्तन गरेर डेरामा बसेको छ। उ प्रत्येक पटक घरको गेटबाट भित्र पस्दा झसङ्ग हुन्छ। घरमा मात्र हैन त्यो टोलमा प्रवेश गर्दा नै उसले आफ्नो पहिचान गुमाउनु पर्छ। देशको अति पिछडिएको ठाउँबाट आएको राम बहादुर राजधानीका ठूलठूला होटलहरुमा हुने दलितका कार्यक्रमहरुमा सकेसम्म पुग्थ्यो र दलित नेताहरुको भाषण सारै चाख दिएर सुन्थ्यो। भाषण यस्तो हुन्थ्यो मानौ तिनीहरुले ठुलो परिवर्तन ल्याई सके र बाकी पनि भोलि पर्सि नै भैहाल्छ। नेताको भाषणमा मुग्ध भएर उसले एकदिन एउटा दलित नेताको डेरा मै गएर आफ्ना कुरा राख्ने निधो गर्यो। बडो मुस्किलले नेताको डेरा खोज्न जादा त्यो थरको मान्छे त्यो टोल मै कोही नभएको जवाफ पायो। पछि भेट्दा नेता एकदम रिसाएका थिए। आखिर उनि पनि छद्म थरबाटै डेरामा बस्न पाएका रहेछन ।
आज मुक्ति दिवस ९२०६३ सालभन्दा पहिला भदौ एक गते मुक्ति दिवसको रुपमा मनाउने गरिन्थ्यो० हो भन्ने उसले पहिले थाहा पाएको थियो। त्यस उपलक्ष्यमा हुने कार्यक्रम हेर्न उसको मन सारै आतुर थियो । तसर्थ कार्यक्रमस्थलमा उ अरु भन्दा अलि अगाडी नै पुगेको थियो। शहरको केन्द्रमा रहेको होटलमा मान्छेहरुको आगमन चकाचक थियो। केही विदेशिहरु पनि उपस्थित थिए। तिनै दलित नेता ९छद्म थरधारी० दौरासुरुवालमा सजिएर सबैलाई स्वागत गर्दै थिए। झन्डा हल्लाउदै एउटा सरकारी गाडीले पनि प्रवेश गर्यो। प्रमुख अतिथि मन्त्रीज्यूको आगमन पछि कार्यक्रम सुरु भयो। भाषणका क्रमहरु जारी रह्यो । दलितहरुले मुक्ति पाएको चालिस वर्ष भैसकेको स्मरण गरियो। मन्त्रीले पनि वाकीटाकी विभेदबाट आजैदेखि मुक्ति भएको घोषणा गरे। ताली पिटियो, पत्रकार र टेलिभिजनले फोटो खिचे। स्वादिलो भोजनसाथ कार्यक्रम समापन भयो। उ आज अलि बडी नै प्रफुल्लित थियो।
कार्यक्रम हलबाट बाहिरिएर जति डेराको नजिक पुग्दै जान्छ राम बहादुरको मुटु फुल्दै जान्छ। उही उत्पीडन, उही बेदना र उही पीडा आज झन बढे जस्तो। किनकि आज उसका पाईला जतिजति डेराको नजिक पुग्छन झन झन लरखराएकाछन। घरको गेट खोलेर भित्र पस्न खोज्दा त झनै भक्कानो छुट्यो। छागाँबाट खसे जस्तो भयो। त्यहाँ त एक विचित्रको दृष्य पो थियो। उसका लत्ताकपडा, भाडाकुडा र किताबहरु लथालिङ्गै बाहिर फालिएका थिए। बरन्डाबाट आवाज निस्किरहेको थियो यो अछुत दलित डुमले ढाटेर हाम्रो घर जुठो बनाईदियोस अब।।।।।।। उसका पाईलाहरु त्यही खाबो गाडे जस्तै गडिरहयो।










