७२औँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना

जेठ २१ : आज ७२औँ अन्नपूर्ण आरोहण दिवस विविध कार्यक्रम गरि मनाइएको छ । जनप्रिय बहुमुखी क्याम्पस-पर्वतीय पर्यटन ब्यबस्थापनले नेपाल पर्वतारोहण संघ गण्डकी र अन्तराष्ट्रिय पर्वतीय संग्रालयसँगको सहकार्यमा बिशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

No description available.

कार्यक्रममा वत्ताहरुले नेपाललाई विश्वमाझ चिनाउन अन्नपूर्ण प्रथम हिमालको विशिष्ट महत्व रहेकोबारे चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी तथा पर्यटनकर्मी लक्की कार्कीले पर्वतारोहणमा महिला सहभागीतामा जोड दिएकी थिईन् ।

No description available.

यस्तै कार्यक्रमका बिशेष अतिथी तथा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्व अध्यक्ष जिवनराज सापकोटाले आफ्नो पर्वतारोहणको अनुभव सुनाएका थिए । बिशेष अतिथी अन्तराष्ट्रिय पर्वतीय संग्रालयका निर्देशक निर्मला न्यौपानेको उपस्थितिमा सम्पन्न कार्यक्रममा क्याम्पसको तर्फबाट राजेन्द्र पौडेल र डा.भावना पोख्रेलले आरोहण दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

No description available.

अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमालका बारेमा बिशेष प्रस्तुती राख्दै विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विक्षारोपण गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

No description available.

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रूपमा लिने गरिन्छ ।

अन्नपूर्ण प्रथमको आरोहणसँगै सन् १९५० देखि १९६० को दशकमा पोखरामा हिप्पी पर्यटकको आगमन बढेको पाइन्छ । त्यसयतामात्रै पोखरा विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको हो ।