त्रिविमा नेविसंघले लगाएको ताला फोड्न नेकपा क्रान्तिकारीद्धारा नेविसंघलाई चेतावनी

जेठ २१ : नेपाल विद्यार्थी संघ (नेविसंघले )त्रिभुवन विश्वविद्यालयमा १३२ दिनदेखि लगाएको ताला नेकपा (क्रान्तिकारीले) फोडेको भोली पल्ट फेरी नेविसंघले लगाएपछि नेकपा क्रान्तिकारीले विरोध गरेको छ ।

नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा ताला लगाएकाले नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो ।

“महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो । खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ,” नेकपा (क्रान्तिकारीले) जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालय र सम्बन्धि पक्ष बसी समस्याको हल गरी ताला नखोलिए निर्मम भएर पार्टी अगाडि बढ्ने नेकपा क्रान्तिकारीले चेतावनी दिएको छ । ।