रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सकियो

जेठ २१ : ललितपुरको जावलाखेलमा शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए ।

राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लगायतको उपस्थितिमा भोटो देखाइएको थियो । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ ।

बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ ।

२०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।