संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचि !

जेठ २४ : संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले आज पनि सांसहरुले यसमाथि छलफल गर्नेछन् ।