लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

जेठ २५:  लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । सरकारले आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाअनुसार विभिन्न प्रदेशहरुले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।