नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण अनीवार्य दर्ता गराउनु पर्ने

जेठ २५:  नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गर्दै कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य रहेको जनाएको हो ।

यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आईडी कार्ड), जागिर र विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।