जेठ २६ : सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । चट्याङका कारण जिल्लाको धनगढीमाई नगरपालिका–१३ भाल्टरका ४० वर्षीय बुद्धबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, चट्याङ लागेर घाइते हुनेमा मिर्चैया नगरपालिका–९ देउरालीका ५६ कुमलाल योञ्जन छन् ।











