वर्षायाम सुरु भएसँगै बाढी पहिरोले देशका विभिन्न क्षेत्र प्रभावित, मेलम्चीमा पुल बगायो

जेष्ठ २६ : वर्षायाम सुरु भएसँगै देशका विभिन्न ठाँउमा बाढिपहिरो जान थालेको छ, गतराति देखि निरन्तर रुपमा परेको पानीका कारण धेरै ठाँउमा पहिरो जानुको साथै मोटरबाटो , बिजुली लगायतमा क्षति भएको छ ।

सोही अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ। वर्षायाम लागेसंगै मेलम्चिबासीलाई बर्सेनी सताउने गरेको मेलम्चीमा गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ । यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ ।

त्यस्तै बागलुङ जिल्लाको विभिन्न ठाँउमा गएराति परेको पानिले दर्जन भन्दा बढि पहिरोले घरमा क्षति पुर्याएको छ, भने बुतिबाङ देखि बाग्लुङ आउने सडकखण्ड पूर्णरुपमा बन्देज भएको छ ।