बालेनप्रति सांसद नारायण खतिवडाको व्यङ्ग्य ‘लौरो त नुवाकोटे जनताको टाउकोमा बजारियो’

जेष्ठ २६ः प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि प्रहरीको दमन भएको बताएका छन् ।

बिहीबार

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकाटका जनतामाथि अन्याय भएको जनाए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए ।

काठमाडौंको मेयर बालेन शाहलाई ब्यंग लक्षित गर्दै फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् ।