जेष्ठ २६ः सडक निर्माणको क्रममा माथीबाट डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना १४ वर्षीय विद्यार्थीको मृत्यु भएको छ।
रूकुम मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो।
उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए।
बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताए।
अहिले बालकको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ।











