जेठ २६ : नेपाली कांग्रेस स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समितिअन्तर्गत बनेको यो उपसमितिका संयोजक प्रदीप पौडेलले सभापति देउवालाई आज प्रतिवेदन बुझाएका हुन्।
पार्टीले स्थानीय निर्वाचन २०७९ का सम्बन्धमा दिएको कार्यादेशअनुरुप उपसमितिले प्रतिवेदन तयार पारेको जनाइएको छ।
यो उपसमितिले वडा तहसम्म निर्वाचनको गतिविधि र परिचालन के कसरी सञ्चालन भइरहेको छ र गठबन्धनमा रहेका दलहरूबीचको समन्वय कस्तो भइरहेको छ भनेर अध्ययन र विश्लेषण गरेको थियो।
पौडेलले बुझाएको प्रतिवेदनअनुसार कांग्रेसले ४ सय २३ पालिकामा एकल उम्मेदवारी दिएकोमा २ सय १ पालिकामा जितेको छ।
कांग्रेसले २०९ पालिकामा गठबन्धन गरेर उम्मेदवारी दिँदा १२८ पालिकामा मात्रै जितेको, देशैभर ६३२ पालिकामा उम्मेदवारी दिएकोमा ३२९ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ ।











