१४ घण्टाको लामो पखाईपछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

जेष्ठ २६ः बुधबार रातिदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक विहिवार २बजे देखि खुलेको छ ।

बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र हजारौ यात्रु बाटोमै अलपत्र परेका थिए । सडक दिउँसो २ बजेदेखि सञ्चालनमा आएको हो ।

मनसुन सुरु भएदेखि वर्षेनी नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ताले जानकारी दिएका छन ।

बिहीबार दिउँसो १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ताले बताए । अहिले पानी परेको छैन । पानी पर्ने बित्तिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ ।

१४ घण्टा लामो जामको मारमा परेका यात्रुले यात्रामा दुख पाएकोमा गुनासो र दुखेसो पोखेका छन।