जेठ २७ : सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई आजबाट कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई पनि आजबाट बुस्टर डोज दिने बतएको हो ।
सो उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो। १२ देखि १७ बर्षसम्मका बालबालिकाले बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।
यसैबीच मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरिरहेको छ। देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ।










