जेष्ठ २९ः पूर्वप्रधान सेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।

दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।
पारिवारिक श्रोतका अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले उपचार संगै प्रत्यारोपणको तयारी थालिको छ।
केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो। फेल भएका दुवै मृगौैला प्रत्यारोपणको तयारीमा रहेका कटवालाई मिर्गौला कस्ले दिने वा खरिद गर्ने विषयमा भने परिवारले कुनै जानकारि दिएकोे छैन ।










