जेष्ठ २९ः विश्वब्यापी रुपमा कोरोना महामारी सुरू भएपछि विश्वका अनेकौ देश केही न केहि कुराको मार खेपिरहे , त्यस मध्येमा नेपाल अछुत रहेन ।

नेपालको आयश्रोतको अनेको श्रोतमध्येको एक प्रमुख पर्यटन क्षेत्र हो , कोभिड महामारि बढेसंगै नेपालको पर्यटन क्षेत्रले घुडा टेक्यो , जसका कारण नेपालले ठूलो मात्रामा क्षति बेहोर्नु परेको छ , लामो समयसम्म रोकिएको पर्यटकको आगमन पछिल्ला केहि महिनाबाट भने विस्तारै बढ्न थालेको छ।
कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल अझ बढेको जानकारहरू बताउँछन् । सुस्ताएको पर्यटकको क्षेत्रमा बिस्तारै सुधार हुदै आएको हो , पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएको तथ्याकंमा उल्लेख छ।
पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् ।
कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो एक वर्षमा आएका भन्दा बढी पर्यटक यस वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ। सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए ।
पर्यटकको संख्यामा बृद्धि भएसंगै होटेल, पसल र रिसोर्टहरुले गति लिन थालेका छन, लामो समयसम्म बन्द गरेर भाडा तिर्नु परेको अवस्थालाई सम्झदै पर्यटन क्षेत्रलाई थप लोभलाग्दो बनाउनेमा सरकारको ध्यान जानुपर्ने ब्यवसायीहरुको भनाई छ ।











