एमाले सचिवालय बैठकका तीन एजेण्डा

जेष्ठ २९ः नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।

सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले पहिलो स्थानीय तह निर्वाचनको समीक्षा, दोस्रो गठन नभएका विभागहरुको विस्तार र तेस्रोान स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको बताएका छन ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइए समेत सचिव विष्टले जानकारि दिएका छन ।

नेकपा एमालेका नेताहरुले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरुप नतिजा नआएको बताउँदै आएका छन्।