जेष्ठ २९ः गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन्।

उनी फेसन डिजाइनर शरद केडियासँग आगामी ३१ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन्। इन्दिरा र शरद विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। केही समयअघि शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित पनि भएको थियो।
हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्। इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्, उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।
गायिका ईन्द्ररा लेख्छन् भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’











