जेठ २९ : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा सबैको सामूहिक पहलका लागि आग्रह गरेका हुन् ।
उनले विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको बताए ।











