पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा खुल्यो

जेठ २९ : पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । जेठ २७ गते बिहान पहिरोले सडक भत्काएपछि सो सडक अवरुद्ध भएको थियो । भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।

यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए । तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने बताइएको छ ।

मुग्लिन-आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।