जेठ २९ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताएका छन् ।आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षणमा उपसभापती खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै आगामी दिनमा पुनः जनताले जिताउने बताए ।
उनले जनप्रतिनिधि भएपछि राजनीतिक भेदभाव नगरी जनतालाई सेवा दिन सके आगामी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताए ।
राजनीतिक सहयोगबिना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै खड्काले जनप्रतिनिधिलाई हाम्रो सहयोग हुने र जनताले जस्तो भरोसाका साथ मतदान गरे जनप्रतिनिधिले त्यस्तै सेवा गर्नुपर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको तर्क गरे ।











