जेष्ठ ३०ः नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेपछि पहिलो पटक आज (सोमबार) एमाले सचिवालय बैठक बस्दैछ।

तर आजको बैठकमा नेता भुसालमाथिको कारबाही सिफारिसबारे छलफल हुने सम्भावना नरहेको नेताहरूले बताएका छन् ।
सचिवालय बैठकअघि आइतबार बसेको एमाले कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने मुख्य तीन एजेण्डा तय गरेको छ ।
जसमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता र असार २ र ३ गतेलाई राखिएको जनप्रतिनिधिहरूको प्रशिक्षण छलफलको एजेण्डा बनाइएको छ ।









