जेठ ३० : निर्वाचन आयोगले एउटा मात्रै पदमा उम्मेदवारी दिने दलले महिला उठाउनुपर्ने कानुन बनाउने भएको छ ।
आज राष्ट्रिय सभा अर्न्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा बताएका हुन् ।
उनले स्थानीय तह निर्वाचनमा दलीय उम्मेदवारी र गैरदलीय मतदानको अभ्यास भएको भन्दै सोही अभ्यासका कारण धेरै मतपत्र बदर भएको हुनसक्ने तर्क गरे।









