१० वटा जीवित कछुवाको बच्चासहित दुईजना पक्राउ

जेठ ३० : काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चासहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रूपमा बसिरहेका कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरूसहित फेला पारी पक्राउ गरेको हो । साथै, उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइलसमेत बरामद गरेको छ ।