सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

जेठ ३० : सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्ध स्थित लुङता गेष्ट हाउस लगेर एक युवतीलाई चार जनाले सामुहिक बलात्कार गरेका हुन् ।

यसरी पक्राउ पर्नेहरुमा २४ वर्षीय रितेश तामाङ, २२ वर्षीय रिन्जेन शेर्पा, ३४ वर्षीय उत्तम लामा र ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।उक्त घटनामा संग्लन ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।