भ्रष्टाचार कसुरका जनप्रतिनिधि स्वतः निलम्बित हुने कानुनी व्यवस्था (विज्ञप्तिसहित)

जेठ ३१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा सर्लाहीका ईश्वरप्रसाद नगरपालिका ११ को अध्यक्षमा निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायविरुद्वको मुद्दा अन्तिम किनारा नभएको बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१ बमोजिम आयोगबाट विशेष अदालतमा मुद्दा दायर भएको र विचाराधीन रहेको जनाइएको छ ।

सो ऐनको दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको आयोगले प्रष्ट पारेको छ ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/aakthiyar.pdf”]