पटक-पटक चर्चामा आएकी राज्यमन्त्री विमला वली

जेष्ठ ३१ः सांसद् हुनुभन्दा अगावै र सांसद हुँदादेखि पटक पटक लफडाको चर्चा कमाएकी विमला कुमारी वली आज बिहान आफ्नो पीएसओसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरबाट प्रकाउ परेकी छिन् ।

यसअघि बस्नेत र वलीले चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । बस्नेत वाईसीएलका कार्यकर्ता हुन् । आज घटना हुँदा बस्नेत घरमा थिएनन् । मन्त्रीले ‘मेरो एकराज खोइ’ भन्दै बस्नेतको घरमा छिरेर बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल बनिरहेको छ।

गत वर्ष उनी वाईसीएल कार्यकर्ता एकराज बस्नेतले प्रयोग गर्ने सामाजिक सञ्जालमा वलीले चुम्बन गरेका तस्बिर सार्वजनिक भएपछि एमाले र माओवादी पङ्क्तिमा खैलाबैला मच्चिएको थियो । बस्नेत स्वयंको फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा भने हटाइएको थियो ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन् । उनीले पछि माओवादी रोजेकी हुन् ।