उपजको उत्पादकत्व वृद्धिका लागि नीति कार्यक्रम भएन : कृषि मन्त्री

जेष्ठ ३१ : कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सकारले औसत २‍‍.५ प्रतिशत मात्रै बजेट छुट्याएको देखिएको मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।

मंगलबार संसदमा जारी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि उपजको उत्पादकत्व वृद्धिका लागि सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको छ रु भन्ने प्रश्न विगतका वर्षहरुमा सरकारको प्राथमिकतामा नपरेको तर अहिलेको सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए ।

कुल जीडीपीको झण्डै २४ प्रतिशत (२३.९ प्रतिशत)  योगदान कृषिको रहेपनि प्राथमिकतामा नपरेको बताए । तथापि, कृषि तथा पशुपन्छी क्षेत्रको वार्षिक औसत वृद्धिदर ३ प्रतिशतको हाराहारी रहेको समेत उनले बताए ।

मन्त्रालयको समग्र अवस्था बारे जानकारी दिँदै मन्त्री यादवले पाँच वर्षमा औसत मन्त्रालयको खर्च गर्ने क्षमता ८० प्रतिशत रहेको बताए ।