महानगरलाई गालीगर्ने कार्यक्रम भन्दै कार्यक्रम बीचमै उठेर हिँडे बालेन

जेष्ठ ३१ः महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् ।

उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् ।

कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए ।

मन्त्री जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेका भन्दै काठमाडौं महानगरपालिकाको आलोचना गरेका थिए । काठमाडौं महानगरपालिकाबारे टिप्पणी गरेपछि बालेन्द्र असन्तुष्ट बन्दै सोमबार नै काठमाडौं फर्किएको बताइएको छ ।

उनले सोमबार राति नै सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए,