आज सात वटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

असार १: आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिने भएको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । यसअघि सबै प्रदेशले नीति तथा कार्यक्रम  प्रस्तुत गरिसकेका छन् ।