असार १ : आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु हुँदैछ । निर्वाचन आयोगले सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट आज देखि मतदाता नामावली सङ्कलन शुरु गर्न लागेको हो ।
आयोगका अनुसार पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउन सक्ने आयोगले जनाएको छ ।


















