बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा

असार १ः बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्माण कुमार श्रेष्ठ ‘बासु’ र नरेश कँडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएकोे छ।

अध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा राजनकुमार शाक्य र शशीकपुर श्रेष्ठले मङ्गलबार उम्मेदवारी फिर्ता लिएसंगै श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा हुने भएको हो।

सङ्घको नयाँ नेतृत्व चयनका लागि आउँदो शनिबार चुनाव हुँदैन। अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका कँडेल सङ्घको निवर्तमान महासचिव हुन्। श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य हुन्।

सङ्घको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए। खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन्।

संघको निर्वाचनमा एक हजार ४१० जना मतदाता छन्। उद्योगी, व्यवसायीहरुको छाता सङ्गठनका रुपमा चिनिएको सङ्घ विसं २०२० मा खुलेको थियो। बागलुङ उद्योग वाणिज्य सङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्यसमेत हो।