असार १ः काठमाडौं र भ्याली भित्रका विभिन्न शहरमा भएका सार्वजनिक ठाउँमा साइकल चलाएर दुःख दिएको आरोपमा ट्राफिक प्रहरीले भ्लगर तथा राइडरलाई सम्झाई बुझाई गरेको छ ।

केही दिनअघि राइडर राजकुमार थापाले पशुपति मन्दिर क्षेत्रको वनकाली मन्दिरमा साइकल स्टन्ट गर्दा अर्का एक सर्वसाधारणलाई ठक्कर लागेको थियो। त्यसबारे ट्राफिक प्रहरीको फेसबुक र ट्विटरमा कम्प्लेन गरेपछि बोलाएर सम्झाइएको एसपी शर्माले जानकारी दिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एपी सञ्जीव शर्माका अनुसार भ्लगर राजकुमार थापा मगर र अर्का एकजना राइडरलाई बोलाएर सम्झाइ बुझाई गरिएको बताएका छन।
शारिरिक शक्तिबाट चल्ने सवारी साधन लापरवाहीपूर्वक चलाउनेलाई कारवाही गर्ने कानुन नभएको हुनाले ट्राफिक प्रहरीले सम्झाइ बुझाइ गरेको हो, राजकुमार नेपालका टप भ्लगर तथा राइडर मध्येका एक हुन उनले आगामी दिनमा यस्ता किसिमको गतिविधि नदोहोर्याउने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।


















