असार ७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगामी मङ्सिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ ।
दश महिना अघि तीन हजार पाँच मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ भित्र ढलानको काम गरिरहेको छ । पोखरेबगरमा आयोजनाको विद्युत गृह निर्माण धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको हाल सम्म ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगखमी असोज महिना देखि परीक्षण उत्पादन गर्ने र मङ्सिरबाट व्यापारिक उत्पादन थाल्ने आयोजनाको लक्ष्य रहेको बताइएको छ ।


















