असार ९ : अखिल नेपाल फुटबल संघ ९एन्फा०को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने निर्णय भएको छ।

















