आज तरकारी तथा फलफूलको मूल्य कति छ ? (मूल्यसूचीसहित)

असार ९ : आज अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ मूल्य निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तै दसहरी र मालदह आँप ८५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ तोकिएको छ ।