देशभरका ७५२ स्थानीय तहले आज बजेट ल्याउँदै

असार १० : देशभरका स्थानीय सरकारले आज बजेट ल्याउँदैछन्।

स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप स्थानीय तहले आज २०७९ र ०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले शुक्रबार बजेट ल्याउन लागेका हुन् । बाजुराको बूढीगंगा नागरपालिका बाहेक सबै (७५२) स्थानीय तहले शुक्रबार बजेट ल्याउने छन् । बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ ।