नेप्से परिसूचक आज १३.७८ अङ्कले बढ्यो

असार १० : शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अङ्कले उकालो लागेर ३६४.९० मा पुगेको छ ।

कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर रु एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ मूल्यमा कारोबार भयो । शेयर कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पुँजीकरण  २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर छ ।