असार १० : नेपालमा पछिल्लो पटक ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १८१ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

















