तुलसीपुर उपमहानगरपालिकाद्धारा १ अर्ब ८६ करोडको बजेट सार्वजनीक

असार १०: तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोडको बजेट बजेट ल्याएको छ । उप–महानगरपालिकाको ११ औं नगरसभाले बजेटले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँको बजेट ल्याएको हो ।

उपमहानगरपालिकाले चालूगत तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार रुपैयाँ चालूगत २५।५९ प्रतिशत रकम विनियोजन गरेको हो । त्यस्तै विकास र शसक्तीकरण , सशर्तका तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको छ । पुँजीगततर्फ उपमहानगरपालिकाले कुल बजेट खर्चको ७३।९९ प्रतिशत विनियोजन गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान ३३ करोड ६२ लाख रुपैयाँ, सशर्त अनुदान ६२ करोड ९१ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ६० लाख रपैयाँ, विशेष अनुदान १ करोड ३० लाख रुपैयाँ र राजश्व बाँडफाँड रकम २३ करोड ५५ लाख ३ हजार रुपैयाँको बजेट ल्याएको हो ।