असार ११ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा बाढीले क्षति पुर्याएको छ । गए राति आएको बाढीले सो पुलमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
बाढीको त्रासले हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासीका भागाभाग भएको थियो । उनिहरु घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको स्थानीय बताउछन् ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।


















