असार ११ : काठमाडौँ लगायतका स्थानमा देखा परेको हैजाबारे गृहमन्त्री बालकृष्ण खाँणले सरोकार निकायसंग छलफल गरेका छन् । गृहमन्त्री खाँणले आज स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसँग हैजा नियन्त्रणका लागि छलफल गरेका हुन् ।
उनले खानेपानीको अवस्था, खानेपानीको अवस्था ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ भनेर जानकारी लिए । सङ्क्रमित विरामीको उपचारबारे पनि उनले जानकारी लिएका छन् ।

















